देउवालाई शेखरको सुझाव- तपाईंजतिको सिनियर नेता कोही छैनन्, एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन दलबाहेक अरूसँग भेट्नै नहुनेजस्तो गरेको बताएका छन्। कांग्रेस विराटनगर ४ समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवालाई अरू पार्टीका नेतालाई घरमै बोलाएर कुराकानी गर्न सुझाए।

उनले आफूले पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी अध्यक्ष प्रचण्डसँग भेट्नुको कारण पनि खुलाए। उनको भनाइ जस्ताको तस्तै,

मैले सभापतिलाई पटक पटक भने तपाईँ कांग्रेसको मात्रै होइन देशैको नेता हो, तपाईंजतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन। तपाईँले बोलाएर भेट्नुस् सबै दलका नेतालाई, उहाँ हुँदैन भन्नुहुन्छ। अहिले हाम्रो गठबन्धन एमालेसँग छ। एमालेसित मात्रै भेट्नुपर्छ। जुन बेला माओवादीसित थियो त्यसबेला माओवादीसित मात्रै भेट्नुपर्छ। म त्यो मान्यता राख्दिनँ।
मैले माओवादीसित पनि भेटेँ, भोलि मधेसी दलसँग पनि भेटौँला। त्यही भएर मैले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेँ। माओवादीका अध्यक्ष प्रचण्डजीसँग मैले त्यस्तो धेरै कुरा गरेकै होइन। सामाजिक सञ्जालमा धेरै गलत कुरा लेखेका हुन्छन्। बरु चित्त बुझेन भने हामीलाई सोधे हुन्छ। आजकाल सामाजिक ओलीजी र विद्याजीको फाइट देख्नुभएको होला नि।
मैले प्रचण्डजीको भेटमा तपाईँ सत्तापक्षको हो कि विपक्षको भनेँ संसद्मा, उहाँले आफू विपक्षमा हुँ भन्नुभयो। तर मैले तपाईँहरू सत्तापक्षजस्तो हुनुभयो, अहिले विपक्षी त रास्वपा मात्रै भएजस्तो देखियो उनीहरू भिडिरहेका छन् सत्तापक्षसँग। तपाईँहरू त हामीसँगै बसेर छलफलमा बसेपछि कसरी विपक्ष हुनुभयो भने। अब विद्या भण्डारीसँग मैले राष्ट्रपति हुँदा पनि कुरा भइरहेको थियो। उहाँले विराटनगरको प्रसङ्ग झिकेर केदार कार्की, नागेश कोइरालाको कुरा सोध्नुभयो। उहाँले विगतको कुरा सम्झिनुभयो। तर सरकार गिराउन र शेरबहादुरजी विरुद्ध जान लाग्यो भनेर धेरै कुरा आएका छन्। केही भएको होइन, पहिलो ओलीजी विपक्षमा हुँदा म उहाँको घरमै जान्थे।

Comments

One response to “देउवालाई शेखरको सुझाव- तपाईंजतिको सिनियर नेता कोही छैनन्, एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस् (भिडिओ)”

  1. हलुवाकाका Avatar
    हलुवाकाका

    शेखर कोइराला हिजो सम्म नेपाल सरकारको सामान्य कर्मचारी डाक्टर हो भनेर मोहन दाइले भनि सक्नु भो ! अरुले उचालेर मात्र शेखर दादा हुनु भको हो । त्यति राम्रो संगठक चाही होइन है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *