आयोगलाई रास्वपाले भन्यो- उपनिर्वाचनदेखि नै विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरियोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनदेखि नै विदेशमा रहने नेपालीहरूका लागि मतदानको व्यवस्था सुनिश्चित गर्न माग गरेको छ। निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय छलफलमा सहभागी हुँदै रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले यस्तो माग गरेका हुन्।

आउँदो कार्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनबाटै विदेशबाट मतदान गर्ने प्रक्रिया पाइलट प्रोजेक्टका रूपमा सुरु गर्न निर्वाचन आयोगलाई आग्रह गरे।
उनले भने, ‘निर्वाचन हुन अझै तीन महिना बाँकी रहेको र यो अवधि एउटा निर्वाचन क्षेत्रमा विदेशबाट मतदान गर्ने व्यवस्थाको टेक्निकल र लिगल सिस्टम स्क्र्याचबाटै बनाएर परीक्षण गर्ने पर्याप्त समय हो। नोट चल्ने तर भोट नचल्ने अवस्था अन्त्य गर्न आयोग साँच्चै नै गम्भीर हो भने यो उपनिर्वाचनबाटै आयोगले त्यस दिशामा आफूले गरेको काम देखाओस्।’

तीन महिनाको अवधिमा एउटा निर्वाचन क्षेत्रमा पनि विदेशबाट मतदान गराउने व्यवस्था गर्न नसक्ने भए भन्न चुनौती दिए। उनले थपे, ‘एउटा निर्वाचन क्षेत्रमा समेत आयोगले सक्दैन भने आयोगले स्पष्ट भनोस् हामी ८४ त के ८९ सालको निर्वाचनमा पनि विदेशबाट मतदानको व्यवस्था गर्दैनौँ वा गर्न सक्दैनौँ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *