राष्ट्रिय युवा भेला गर्दै जसपा नेपाल, ४० वर्ष मुनिकाहरूकाे नाम पठाउन महासचिवकाे सर्कुलर

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले समाजवादी युवा संघ नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला गर्ने भएको छ।

पार्टी केन्द्रीय सचिवालयको बैठकले पार्टीनिकट भ्रातृसंगठन समाजवादी युवा संघ नेपाल केन्द्रीय समिति गठन तथा राष्ट्रिय भेला गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

उनका अनुसार पार्टीका महासचिव लालबाबु राउतले जिल्लाबाट ३ जनाको दरले क्रियाशील र क्षमतावान् युवाहरूको नामावली पठाउन जिल्ला अध्यक्षहरूलाई पत्र काटेका छन् ।

४० वर्ष मुनिका युवाहरूको नामावली पार्टी केन्द्रीय कार्यालयमा पठाउनको लागि पार्टीले साउन मसान्तसम्मको समयसीमा तोकेको बस्नेतले बताए। समृद्ध मुलुक निर्माणमा युवा शक्तिको भूमिका अपरिहार्य भएको भन्दै क्रियाशील तथा क्षमतावान् युवा शक्तिलाई एकताबद्ध गर्न पार्टीले पहलकदमी लिएको उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *