माओवादी बैठक- नेताहरूले धारणा राख्ने क्रम जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा आज बैठकमा प्रस्तुत भएका एजेण्डा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विचारमाथि नेताहरूले धारणा राख्ने क्रम चलिरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

बैठकमा बोल्ने नेताहरूलाई १० मिनेटको समय निर्धारण गरिएको छ।

बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएको विषय पनि छलफल हुँदैछ। हिजो सम्बोधनका क्रममा प्रचण्डले नेतृत्वविरुद्ध सार्वजनिक रूपमा नेता शर्माले बोल्दा राम्रो सन्देश नगएको भन्दै असन्तुष्टि जनाएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *