अब म्यानपावर कम्पनीले वार्षिक १०० कामदार नपठाए पनि लाइसेन्स रद्द नहुने

काठमाडौं । अब लगातार २ वर्षसम्म वार्षिक एक सय जना पनि कामदार विदेश पठाउन नसकेको अवस्थामा पनि म्यान पावर कम्पनी नवीकरण हुने भएका छन् । केही नेपाल ऐन संशोधनमार्फत सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यस अघि ऐनको दफा दफा १३ को उपदफा १ (घ२) मा लगातार दुई वर्षसम्म बार्षिक एक सय जना पनि कामदार पठाउन नसकेको अवस्थामा म्यान पावर कम्पनीको इजाजतपत्र रद्द गर्ने व्यवस्था थियो । उक्त व्यवस्था संशोधनमार्फत हटाइएको हो ।

यद्यपी हरेक वर्ष मन्त्रिपरिषद् बैठकले पटके निर्णय गर्दै लगातार २ वर्षसम्म कम्तिमा एक सय जना कामदार नपठाउने म्यान पावर कम्पनीलाई नविकरण गर्ने व्यवस्था गर्दै आएको थियो ।

 

Comments

2 responses to “अब म्यानपावर कम्पनीले वार्षिक १०० कामदार नपठाए पनि लाइसेन्स रद्द नहुने”

  1. गाेपाल वि सि Avatar
    गाेपाल वि सि

    सहि निर्णय लागू गर्नु पर्छ बाेकेर मात्र हुदैन

  2. Shivahari Timilsina Avatar
    Shivahari Timilsina

    गोकर्ण बिष्ट जस्ता अदुरदर्शिता र अरुको लहै लहैमा बहकिने व्यक्ती शासक भए पछि जनतालाई निरुत्साहित बनाएर सरकार र ब्यबसाए प्रति वितृष्ण बढाउने कार्य हो …….!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *