संविधानकै कारणले एकल बहुमत आउँदैन, अर्को दलसँग मिल्नुपर्ने बाध्यता छ: देउवा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानकै कारणले अहिले कुनै पार्टीको स्पष्ट बहुमत नआउने बताएका छन्।

पार्टीको थारु विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एउटै पार्टीको बहुमत नआएको कारणले मिलेर सरकार बनाउनुपरेको बाध्यता सुनाए।

उनले भने, ‘संविधान सबैलाई जोड्ने खालको छ। महिला, दलित, जनजाति, आदिवासी सबैलाई समेट्छ। यो समावेशी लोकतन्त्र भन्दा पनि हुन्छ। तर, संविधानले गर्दा कुनै पनि पार्टीको बहुमत आउँदैन। कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ। कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुन्छ। कुनै पार्टीको बहुमत आउँदैन।’

पार्टी एक ढिक्का भएर अगाडि बढे बहुमत आउन पनि सक्ने भएकाले एकताबद्ध भएर अघि बढ्न पार्टीपंक्तिलाई आग्रह गरे। उनले आफूले थारु समुदायबाटै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाएको र पार्टी सहमहामन्त्री एकजना अनिवार्य हुनुपर्ने व्यवस्था राखेको बताए।

Comments

2 responses to “संविधानकै कारणले एकल बहुमत आउँदैन, अर्को दलसँग मिल्नुपर्ने बाध्यता छ: देउवा (भिडिओ)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    आफ्नो खाल्डोमा आफै फस्यो कांग्रेस, आफ्नो सिदान्त त्यागेर माओबादी कम्युनिष्टको एजेंडामा हिडेपछी कांग्रेस लाइ जनताले पनि छाडे । त्यही भएर कांग्रेसको राजनैतिक हैसियत केही पनि छैन। नेपालमा राजनैतिक रूपमा दुइटा पक्ष छन्: एउटा पक्ष कम्युनिष्ट ले नेतृत्व लिएको गॅाडतन्त्रबादी हरू को र अर्को पक्ष भनेको संबैधानिक राजा सहितको व्यवस्था हुनुपर्छ भन्नेहरूनै हो। कांग्रेस कतै पनि नेतृत्वमा देखा पर्दैन किनभने त्ये पार्टीले कम्युनिष्टको एजेंडा बोकिसक्यो अब एमाले वा माओबादीको भरिया मात्रै हो कांग्रेस। अहिलेसम्म जे पाएको छ कांग्रेसले त्यो हिंगको टालो को असर मात्रै हो।

  2. manaia thompson Avatar
    manaia thompson

    सही कुरा गर्नु भो Nick Kashyap जी|त्यसमाथी यो र्यालेको त कुरे के गर्नु|देशको सर्बनाशकारी “हवलदार”कहालाएको सुकेनास लागेको तर पछि “लाऊडा, धमीजा आदि इत्यादि” हसुरन पाएर भ्यागुतो झें फूलेको गिरन मात्रै जानेको गिरिजाको लंगौती सुंग्दै बसेको बुद्धिको ठाऊँमा गिरिजेको गुहू भरिएकोले भरिएको मान्छे रूपी भैसी हो यो|अनि एस्ताका पछि लागने कान्ग्रेस्सी भानाउदाहरु मान्छे रूपी स्यालहरु हून – कांग्रेस |

Leave a Reply

Your email address will not be published. Required fields are marked *