छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन संशोधन, अनलाइन सञ्चारमाध्ययम ऐनमार्फत परिभाषित

काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमलाई कानूनी रुपमा परिभाषित गरेको छ । यस अघि निर्देशिकामार्फत अनलाइन सञ्चार माध्ययम परिभाषित भए पनि सरकारले केहि नेपाल ऐन संशोधनमार्फत अनलाइन सञ्चारमाध्यमलाई कानूनी रुपमा परिभाषित गरेको हो ।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ लाई संशोधन गर्दै अनलाईन सञ्चारमाध्यमलाई परिभाषित गरिएको छ । जसमा ‘अनलाइन सञ्चारमाध्यम’ भन्नाले प्रचलित कानून बमोजिम स्थापना वा दर्ता भई इन्टरटनेटको माध्यममबाट संकेत, चिन्ह, आवाज, ग्राफिक्स, भिडियो, एनिमेशन तथा मल्टिमिडियाको प्रयोगमार्फत सन्देशमुलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्बिर, श्रव्य, श्रव्यदृश्यको रुपमा उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्ने संस्था वा माध्यममलाई जनाइएको छ ।

यसै संशोधनमार्फत नै अनलाइन सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने व्यवस्था गरिएको छ । जसमा अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहाने व्यक्तिले त्यस्तो सञ्चारमाध्यमम दर्ता गर्नका लागि तोकिएको दस्तुर सहित तोकिएको ढाँचामा स्थानीय अधिकारी समक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको हो । अनलाइन सञ्चारमाध्यमम दर्ता, सञ्चालन, नविकरण सम्बन्धी अन्य व्यवस्था भने तोकिए बमोजिम हुने भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *