ओलीको आलोचना गर्दै माधव नेपालले फेरि भने- प्रतिशोधले ममाथि मुद्दा लगाइयो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेर मुद्दा लगाइएको दोहोर्‍याएका छन् । कोशी प्रदेश समिति बैठकमा सहभागी हुन विराटनगर पुगेका नेता नेपालले आफूले सरकारको एक पैसा पनि नखाएको बताए ।

उनले भने, ‘यो राजनीतिक पूर्वाग्रह र प्रतिशोध राखेर मुद्दा चलाइएको हो । मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो, मैले सरकारलाई एक पैसा पनि नोक्सानी गरेको छैन ।’

उनले प्रधानमन्त्री केपी ओलीको दम्भ, अहङ्कार र नीति देशका लागि अभिशाप बनेको टिप्पणी गरे । उनले ओली ओली कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागिरहेको आरोप लगाए । पूर्वराष्ट्रपति तथा  उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नछेकेको जिकिर गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *