काठमाडौं । गृह मन्त्रालयले खटाएको ठाउँमा नगएका २३ जना कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न मितिमा सरुवा तथा पदस्थापन भइसकेका तर अहिलेसम्म सम्बन्धित कार्यालयमा उपस्थित नभएका कर्मचारीको नामावली सार्वजनिक गरेको गरेको हाे ।
मन्त्रालयले १८ जना शाखा अधिकृत र ५ जना नासुलाई २४ घण्टे निर्देशन दिएको छ ।
मन्त्रालयले उनीहरूलाई २४ घण्टाभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।


Leave a Reply