थप गुण्डा खोज्दै प्रहरी, पक्राउ परेकाहरूको ट्रयाक रेकर्ड केलाउँदै

काठमाडौं । बिहीबार राति गुण्डा नाइके चक्रे मिलनसँगै ४७ जना मात्रै नभएर  गुण्डाहरुलाई पनि समातेको प्रहरीले जनाएको छ।

बिहीबार राति गुण्डा नाइके चक्रे मिलनसँगै पक्राउ परेका ४७ मध्ये कतिपय गुण्डागर्दीमा संलग्न नरहेका छन् । उनीहरुलाई भद्रकालीमा राखिएको छ ।

४७ बाहेकका गुण्डा पनि पक्राउ परेको जिल्ला प्रहरी परिसर, भद्रकालीका एसपी कुलदीप चन्दले बताएका छन् ।  अन्य पक्राउ परेकाहरुलाई प्रहरीका अरु युनिटहरुमा राखिएको उनले बताए ।

रेष्टुरेन्ट, क्लबमा बसेर झैझगडा गर्ने तथा हप्ता असुल्ने कार्यमा संलग्न भएकाले पक्राउ गरिएको उनले बताए ।

उनका अनुसार अन्य कारणले चक्रेको जन्मदिन मनाउन पुगेका केही व्यक्ति पनि नियन्त्रणमा छन् । त्यसैले सबैको नाम सार्वजनिक नगरिएको हो । थप गुण्डा नियन्त्रणमा लिन काठमाडौं उपत्यकाभरका प्रहरी युनिट परिचालित छन् ।

चन्दका अनुसार बिहीबार राति पक्राउ परेका मध्ये कतिपय महाराजगन्ज र स्वयंभु प्रहरी बृत्तमा राखिएका छन् ।

उनीहरू आपराधिक गतिविधिमा संलग्न हो, होइन भन्ने कुरा यकिन गरेर नामावली सार्वजनिक गरिने उनले बताए ।

आपराधिक गतिविधिमा रहेका कतिपय गुण्डाको खोजी भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *