भोजपुर । नेपाल निजामती कर्मचारी संगठन भोजपुरले मनोज-झपेन्द्र स्मृति सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जिल्ला अस्पतालका बिरामीलाई फलफूल तथा श्रद्धाञ्जली सभा कार्यक्रम सञ्चालन गरेको छ ।
संगठनकी जिल्ला उपाध्यक्ष ममता दियालीको नेतृत्वमा बिरामीहरूलाई फलफूल वितरण गरिएको हो । त्यसैगरी सहीद मनोज-झपेन्द्रको तस्बिरमा माल्यार्पणसहित श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
एमाले भोजपुरका अध्यक्ष मकर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पेशागत महासंघका अध्यक्ष योगराज लुइँटेल, कर्मचारी संगठनका पूर्व र वर्तमान पदाधिकारीहरू सहभागी थिए ।


Leave a Reply