प्रेस युनियनको एक सय दिने सदस्यता विशेष अभियान सुरू

काठमाडौं । नेपाली कांग्रेसनिकटको नेपाल प्रेस युनियनले एक सय दिने ‘सदस्यता विशेष अभियान’ सुरू गरेको छ ।

केन्द्रीय समितिको निर्णयअनुसार आज काठमाडौं शाखामार्फत औपचारिक रूपमा अभियान थालिएको हो । प्रेस युनियनका अध्यक्ष शिव लम्साल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरही, युनियनका सल्लाहकारद्वय तारानाथ दाहाल र धर्मेन्द्र झाले आफ्नो सदस्यता नवीकरण गरेर अभियानको शुभारम्भ गरे ।

काठमाडौं शाखाका अध्यक्ष महेश गौतमको अध्यक्षतामा सुरू भएको शुभारम्भ अभियानमा क्रियाशील सञ्चारकर्मीलाई मात्र सदस्यता नवीकरण र नयाँ सदस्यता दिने घोषणा गरिएको छ । सदस्यता विशेष अभियानले पुरानो सदस्यता व्यवस्थित गर्न र नयाँ क्रियाशील सञ्चारकर्मीलाई सदस्यता दिलाउन सहयोग पुग्ने प्रेस युनियनका अध्यक्ष लम्सालले बताए ।

शाखाले प्रदेश समिति हुँदै केन्द्रीय समितिमा पठाएका सदस्यता आवेदन तथा नवीकरण फारमसहितका आवश्यक कागजात तथा शुल्क बुझाएको आधारमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता स्वीकृत हुने युनियनले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *