फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर बिर्तामोडका उपमेयरमाथि वडाध्यक्षले गरे हातपात प्रयास

विराटनगर । बिर्तामोड नगरपालिकाले नगर उपप्रमुख नगेन्द्र प्रसाद सङग्रौलाल्लाई वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीले हातपातको प्रयास गरेको घटनाको एमालेले विरोध गरेको छ ।

कार्कीले हिजो अपरिचित व्यक्तिहरुको समूह लिएर हुलहुज्जत गर्दै गालीगलौच र अभद्र व्यवहार सहित हातपातको प्रयास गरेका थिए ।

उपप्रमुख संग्रौलाले वडाध्यक्ष कार्कीबारे सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेको विषयले दुई पक्षबीच विवाद भएको थियो । कमेन्टमा चित्त नबुझेपछि वडाध्यक्ष कार्की उपप्रमुख संग्रौलामाथि खनिएका थिए ।

बुधबार दिउँसो १ बजे नगर उपप्रमुखको कार्यकक्षमा मेलमिलाप कर्ताहरुको वार्षिक समिक्षा बैठक चलिरहेको अवस्थामा वडा नं.८ का वडाअध्यक्ष अजय कार्कीको नेतृत्वमा २५-३० जनाको समूह प्रवेश गरी फेसबुकमा लेखेको विषयलाई लिएर नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलामाथि गाली गलौज, अभद्र व्यवहार गरेका थिए ।

नेकपा एमालेले उक्त विवादलाई अन्त्य गरि मेलमिलाप गर्न गराउन बसेको कार्यपालिकाको बैठकमा वडा नं.८ का वडाअध्यक्ष अजय कार्की अनुपस्थित हुनु भएको हुँदा दुवै पक्षबीच भएका व्यक्तिगत मतभेद र लाञ्छनालाई आपसी मेलमिलापबाट निवारण गर्न माग गरेको छ ।

आज बिबिज्ञप्ती जारी गर्दै उक्त विषयमा अन्याय भएको महसुस भएमा दुबै पक्षलाई कानूनी उपचार खोज्ने विकल्प खुल्ला रहेको बताएको छ ।

एमालेले कार्यपालिकाले व्यक्तिगत अफवाह फैलाउने, सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने जस्ता कार्य पूर्णत बन्द गर्न जनप्रतिनिधि लगायत सबैमा आह्वान गर्दै आफ्नो मान मर्यादा कायम गर्न र आचारसहिंता पूर्णरुपमा पालना गर्न अनुरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *