सञ्चारमन्त्री गुरुङ भन्छन्- ओली र देउवाबीच सहमति भए मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको चाँडै हुनसक्ने संकेत गरेका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भए मन्त्रीहरू हेरफेर हुनसक्ने बताए।

उनले भने, ‘सामान्यतया दुई तीन महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देशमा हाम्रोमा १३ महिनादेखि भएको छैन। अब होला भनेर सर्वत्र चासो भइरहेको छ। यो कुरा अस्वाभाविक पनि छैन हुन पनि सक्छ। दुई ठुला नेता र संयन्त्रमा सहमति भयो भने हुनपनि सक्छ।’

सरकारमा रहेका मन्त्रीहरूको कार्यसम्पादनमा प्रश्न उठेमा पार्टीभित्र छलफल हेरफेरको निष्कर्षमा पुग्नसक्ने पनि बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *