मार्गदर्शन सहकारी ठगी प्रकरण–हिसानका उपाध्यक्ष रामहरी सिलवाल पक्राउ

काठमाडौं । रुपन्देही सदरमुकाम भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट करिब ६ करोड रकम अपचलन गरेको आरोपमा चितवनका रामहरि सिलवाल काठमाडौंबाट पक्राउ परेका छन्  ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनलाई पकाउ गरी भैरहवा पठाउने तयारी गरेको प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए । सिलवाल पेशाले कलेज सञ्चालक भएको आचार्यले बताए ।  उनी हिसानका उपाध्यक्ष समेत हुन् ।  उक्त सहकारीको रकम अपचलनमा संलग्न अन्य फरार व्यक्तिको खोजी भइरहेको उनले बताए ।

पत्रकारिता र एमालेको राजनीतिमा समेत संलग्न सिलवाल  यसअघि एमाले चितवन काठमाडौं सम्पर्क मन्चको अध्यक्ष पनि थिए ।

यसअघि सोही सहकारी अपचलनमा संलग्न रही ६ वर्षदेखि फरार रहेका अध्यक्ष अशोक केसी आज भक्तपुरको गठ्ठाघरबाट पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी परिसर, भक्तपुरले पक्राउ गरी भैरहवा पठाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *