कान्छा दुलाल संसद सचिवालयको सहसचिवमा बढुवा

काठमाडौं । संघीय संसद सचिवालयका उपसचिव कान्छा दुलाल सहसचिव पदमा बढुवा भएका छन्।

संघीय संसद सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्गित प्रथम श्रेणीको सहसचिव पदमा रिक्त रहेको स्थानमा बढुवा समितिले २०८२ असार ११ गते दुलाललाई बढुवा सिफारिस गरेको थियो ।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले बिहीबार दुलाललाई बढुवा नियुक्तिको पत्र दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

दुलाल ३४ वर्षदेखि संघीय संसद सचिवालयमा कार्यरत छन् । उनले हालसम्म सचिवालयका विभिन्न महत्त्वपूर्ण महाशाखामा रहेर काम गरेका छन् । दुलाल हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिवको जिम्मेवारीमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *