मार्गदर्शन सहकारीको ६ करोड अपचलनपछि फरार अध्यक्ष केसी भक्तपुरबाट पक्राउ

रुपन्देही । रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट करिब ६ करोड रकम अपचलन गरेर ६ वर्षदेखि फरार रहेका अध्यक्ष अशोक केसी आज भक्तपुरबाट पक्राउ परेका छन् ।

०७८ सालमा उनले बचतकर्ताको करिब ६ करोड रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि उनी फरार रहेका थिए । सिद्धार्थनगर नगरपालिका वडा नं ५, मैत्रीपथमा रहेको यो सहकारीका अध्यक्ष दोलखाको साविक डाँडाखर्क गाविस वडा नं ७ ९हाल मेलुङ गाउँपालिका वडा नं ६० बस्ने ३४ वर्षीया केसीलाई पक्राउ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले केसीले शेयरधनी तथा बचतकर्ताको पाँच करोड नब्बे लाख चौरासी हजार एक सय पैसठ्ठी रुपैयाँ छहत्तर पैसा हिनामिना गरी फरार रहेको अवस्थामा आज पक्राउ परेको जनाए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सहकारी ठगी तथा ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो ।

प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो । त्यसपछि रुपन्देही जिल्ला अदालतबाट प्रहरीले केसीविरुद्ध पक्राउ अनुमतिसमेत लिएको थियो । त्यसयता उनी फरार रहँदै आएका थिए । तर, साउन १४ गते प्रहरी बृत ठिमी भक्तपुरको सहकार्यमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं। ३ गठ्ठाघरबाट पक्राउ गरी केसीलाई रुपन्देही ल्याइएका सापकोटाले जानकारी दिए ।

केसीलाई रुपन्देही जिल्ला अदालतमा पेस गरेर म्याद थपिएको छ । डिएसपी सापकोटाले उनी विरुद्ध ०७८ मा मुद्दा दर्ता भएको र त्यसयता फरार रहेको र हाल त्यो सहकारी बन्द अवस्थामा रहेको बताए ।

Comments

One response to “मार्गदर्शन सहकारीको ६ करोड अपचलनपछि फरार अध्यक्ष केसी भक्तपुरबाट पक्राउ”

  1. kanchan limbu Avatar
    kanchan limbu

    jhapa ma aaunus na sabai tira ko sahakari thag chha yeta

Leave a Reply

Your email address will not be published. Required fields are marked *