राप्रपाले सबै जिल्लामा अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षक तोक्यो (सूची)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सबै जिल्लामा अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षक तोकेको छ ।

पार्टीको स्थानीय तहहरुको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले निर्धारित समयमै सम्पन्न गर्नका लागि पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयले पर्यवेक्षकहरु तोकिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

जसमा अध्यक्ष राजेन्द्र लिङदेनको गृहजिल्ला झापामा इनु अधिकारी तोकिएकी छन् ।

यस्ताे छ सूची:

मितिः २०८२।०४।१५

राप्रपाको प्रेस विज्ञप्ति

राप्रपाले पार्टीको स्थानीय तहहरुको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगबाट निर्धारित समयभित्रै गर्नका लागि पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार देहायका व्यक्तिहरुलाई देहायका जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकेको छ।

झापा इनु अधिकारी
इलाम लक्ष्मी प्रसाद संग्रौला
पाँचथर लिला देवी श्रेष्ठ
ताप्लेजुङ प्रेमराज थाम्सुहाङ
संखुवासभा तेन्जिङ भोटिया
तेह्रथुम विश्वमोहन थापा
धनकुटा केदार कोइराला
भोजपुर सुभाष चन्द्र खडका
सुनसरी भक्ति सिटौला
मोरङ कुमार बहादुर थापा
उदयपुर किशोर कुमार कार्की धरान
खोटाङ विजयकला राई
ओखलढुङ्गा प्रबिन थोकर तामाङ्ग
सोलुखुम्बु एजी शेर्पा
सप्तरी प्रल्हाद प्रसाद शाह
सिरहा मोहन यादव
धनुषा बिना जयसवाल
महोत्तरी मनोज मल्ल
सर्लाही गोपाल दाहाल
रौतहट डा. ठाकुर मोहन श्रेष्ठ
बारा डा. राजेश गिरी
पर्सा दिपक बहादुर सिंह
सिन्धुली श्रीकृष्ण श्रेष्ठ
मकवानपुर धवल शमशेर राणा
रामेछाप बिजय खड्का
दोलखा उदयसिँ मुस्याजु
सिन्धुपाल्चोक अमृत पुडासैनी
काभ्रे सरस्वती केसी अधिकारी
भक्तपुर रोशन कार्की
ललितपुर प्रकाश रिमाल,
उद्धवराज भेटवाल
काठमाडौँ वुद्धिमान तामाङ
नुवाकोट उद्धव थापा
धादिङ विक्रम पाण्डे
चितवन रविन्द्र मिश्र
रसुवा आशा लामा,
डम्बर तामाङ
कास्की हिक्मतजङ्ग कार्की
स्याङ्जा सुशीला केसी अधिकारी
पर्वत अर्जुन प्रसाद खनाल
बाग्लुङ बिन्दु पहाडी
म्याग्दी दिल विकास राजभण्डारी
मुस्ताङ भिम प्रसाद गौचन
मनाङ अरुण गिरी
लमजुङ देवी कँडेल
गोरखा हेमजङ्ग गुरुङ्ग
तनहुँ शरदराज पाठक
नवलपुर शंकर खराल
नवलपरासी तोयनाथ लम्साल
रुपन्देही ध्रुव वहादुर प्रधान
कपिलवस्तु सम्झना चौधरी
दाङ स्वाती थापा
बाँके दामोदर भण्डारी
बर्दिया प्रेमबहादुर भण्डारी
प्युठान सुभाष पण्डित
अर्घाखाँची बसन्तबिक्रम शाही
पाल्पा मेनुका खाँड
गुल्मी हरिकृष्ण अधिकारी
रुकुम पूर्व केशव शाह समाल
रोल्पा सरिता देवकोटा
सुर्खेत ज्ञानेन्द्र शाही
दैलेख रवि किरण हमाल
सल्यान यज्ञबहादुर सिँह
जाजरकोट कालिबहादुर शाही
पश्चिम रुकुम अनिसा नेपाली
डोल्पा अँगद बुढा
जुम्ला धनबहादुर वुढा
हुम्ला सत्यबहादुर शाही
मुगु रमानन्द न्यौपाने
कालिकोट सन्तोषी शाही
कैलाली जयन्त चन्द
कञ्चनपुर राजेश भण्डारी
डोटी पुर्णवहादुर चन्द
अछाम लोकेन्द्र कुवर
बाजुरा प्रेम वलायर
बझाङ तीर्थराज चटौत
बैतडी गोविन्द खडायत
दार्चुला अशोक सिंह सम्राट
डडेलधुरा विरेन्द्र वम

यसरी तोकिएका पर्यवेक्षकहरुलाई जिल्ला कार्य समिति, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश पदाधिकारीहरुसंग सम्पर्क र समन्वय गरी जिल्ला अधिवेशनको वातावरण बनाउन, अनुगमन र सहयोग गर्न, भ्रष्टाचार विरुद्धको कार्यक्रम गर्न, गराउन, आगामी आन्दोलनको तयारी गर्न, पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न, गराउन आवश्यक सहजीकरण र समन्वय गर्न जिम्मेवारी प्रदान गरिएको छ। पर्यवेक्षकहरुले अविलम्ब आफ्नो कार्य प्रारम्भ गर्न र नियमित प्रतिवेदन पेश गर्नुपर्नेछ।

मोहन कुमार श्रेष्ठ

प्रवक्ता एवं प्रचार विभाग प्रमुख

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *