काठमाडौं । मोरिस गराजेज (एमजी) का नेपालका आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले एमजी आईएम ६ नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी सार्वजनिक गरेको छ । प्यारामाउन्ट मोटर्सले बिहीबार काठमाडौंमा एक कार्यक्रममा आयोजना गर्दै ‘एमजी आईएम ६’ सार्वजनिक गरेको हो ।
प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले ‘एमजी आईएम ६’ले एआई इन्टेलिजेन्स सञ्चालित इभीको नयाँ युगको संकेत गर्ने बताए । उनले अत्याधुनिक डिजाइन, बौद्धिक सुविधाहरू र नयाँ प्रविधिले भरिएको ड्राइभिङ अनुभवका साथ ‘एमजी आईएम ६’ले नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको बताए ।

महाप्रबन्धक क्षेत्रीका अनुसार ‘एमजी आईएम ६’ सम्पूर्ण अधिकृत एमजी डिलरशिपहरूमा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध भएका छन् । लक्जरी, नवप्रवर्तन, र लामो रेञ्जको क्षमताको समिश्रणका साथ, आईएम ६ ले एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटीको प्रतीकका रूपमा उभिएको छ ।
‘एमजी आईएम ६’ का मुख्य विशेषता अन्तर्गत चार वटा मुख्य नवप्रवर्तनद्वारा सञ्चालित प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । आईएम डिजिटल च्यासिस, फ्युचररिस्टिक एआई क्याबिन, एड्भान्स इलेक्ट्रिफिकेसन र अल्टिमेट सेफ्टी यसका विशेषताहरू रहेका छन् ।
यस ‘एमजी आईएम ६’ मा वान टच सुविधा समेत रहेका छन् । ‘एमजी आईएम ६’ले एक टच सुविधाको साथ दैनिक ड्राइभिङमा विशेषस्तरको सहजता ल्याउने प्यारामाउन्ट मोटर्सले जनाएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार यस ‘एमजी आईएम ६’ मा क्यामेराको प्रयोग गरेर एक ट्यापमै आफैलाई पार्क गर्दछ । साँघुरो ठाउँहरूमा स्वचालितरुपमा र सुरक्षित तरिकाले बाहिर निस्किन्छ । यसका साथै फूल क्यामेरा सपोर्टको साथ पहिलेको बाटोमा फिर्ता जान मद्दत गर्छ । टाइट कर्बसाइड स्पटहरुमा सहजै स्लाइड गर्ने कम्पनीले जानकारी दिएको छ ।
‘एमजी आईएम ६’ ले गाडी बाहिरबाटै आईस्मार्ट एपले जुनसुकै बेला जहाँसुकै पनि कन्टेक्टेड राख्छ । अडाप्टिड क्रुज, कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन चेंज असिस्ट, लेन डिपार्चर वार्निङ लगायत यस ‘एमजी आईएम ६’ मा स्मार्ट सुरक्षा फिचरहरू रहेका छन् ।
‘एमजी आईएम ६’ विभिन्न ६ कलरमा उपलब्ध छन् । सम्पूर्ण अधिकृत एमजी शोरूमहरूमा बुकिङ खुल्ला भइसकेको छ । केहि दिनपछि काठमाडौंम आयोजना गर्न लागिएको नाइमा मोबिलिटी एक्स्पोमा पनि यो गाडी राखिने भएको छ । ‘एमजी आईएम ६’को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीको जनाएको छ ।

Leave a Reply