काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस र एमालेबीच भएको सहमतिका कारण मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको बताएका छन् ।
विहीबार नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सिंहले दुई दलबीच भएको सात बुँदे सहमतिका कारण ६-६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको र मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको जिकिर गरे ।
‘हामी सत्तामा जान र मन्त्री वा प्रधानमन्त्री हुनमात्रै सातबुँदे सहमति भएको हैन’, सिंहको प्रष्टोक्ति थियो ।
कांग्रेस नेता समेत रहेका सिंहले पार्टीलाई विधिविधान अनुसार नै संस्थागत गरेर अघि बढाउनुपर्नेमा जोड दिए । कांग्रेसलाई विभिन्न चुनौती सामना गर्न सक्ने गरी पार्टीको नेतृत्व गर्ने चाहना रहेको उनले दोहोर्याए ।
सिंहले आफू पार्टी सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा पुगेकाले आफूसँग भएका अनुभव सबैलाई बाँड्दै पार्टीलाई बलियो बनाउन लाग्ने बताए ।

Leave a Reply