नेकपा बहुमतले दुई नेतालाई पार्टीबाट हटायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले दुई नेतालाई कारबाही गरेको छ।

पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको बेलामा पोलिटब्युरो सदस्य पूर्ण विक ‘रक्तिम’ र केन्द्रीय सदस्य शरद रसाइलीले पार्टी विरोधी गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निकालेको हो।

पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले विज्ञप्ति जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र चरम प्रकारको गुटबन्दी, अराजकता र अनुशासनहीनता प्रदर्शन गर्दै पार्टी विरोधी गतिविधि गरेकाले निजहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ।’
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाबाट अलग भएर बास्तोलाले नेकपा बहुमत गठन गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *