पशुपालनको पुरानो संस्कृतिसँग खीर खाने दिनको साइनो गाँसिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् ।

नेपाली समाजमा खीर खाने पर्व साउन १५ को अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले यस्ता पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिक मिठास बोकेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘आज साउन १५, खीर खाने परम्परागत पर्व । हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए । पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ । जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ । शुभ साउन १५ !, सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !

उनले पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको उल्लेख गर्दै पूर्वजहरूले रोपाइँ सकेर साउन १५ (खीर खाने) पर्वको सुरुवात गरेको स्मरण गरेका छन् ।

Comments

2 responses to “पशुपालनको पुरानो संस्कृतिसँग खीर खाने दिनको साइनो गाँसिएको छ : प्रधानमन्त्री”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    खुब जान्ने नपल्ट बूडा, तिमी कम्युनिष्ट हरू हामी हिन्दूहरूको शत्रू हौ। हाम्रो धर्ममाथी हमला गरेका छौ तिमीहरूलाइ अब यो देशबाट बाहीर खेद्नुपर्छ। भोट र सहानुभूति लिन हाम्रो परम्परामा २-४ लाइन बोल्छौ कहिले सम्म ?

  2. Ramjee pokharel jhapa birtamode Avatar
    Ramjee pokharel jhapa birtamode

    Ropai sakera sabai afanta pariwar milera bhetghat gari ramailo tatha khusi badne mitho masino khaera thakai metne parampako thalani bhaeko bujhinx dhanya bad pradhan mantri jyu.

Leave a Reply

Your email address will not be published. Required fields are marked *