काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा अस्थायी तटबन्ध लगाएको छ।
‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान अन्तर्गत वाईसीएल नेपाल बागमती प्रदेश र विशेष सम्पर्क प्रदेशको संयुक्त आयोजनामा तटबन्ध लगाइएको हो ।
वर्षाको समयमा मनोहरा सुकुम्वासी बस्तीमा बाढी पसेर जनताले सास्ती पाएकाले डुबान रोक्न अस्थायी तटबन्ध लगाएको वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले बताए।
अभियानको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन १ गते ललितपुरको बालकुमारी चौर, सुनाकोठीबाट उद्घाटन गरेका थिए। देशैभरका ५५ जिल्लाबाट एकसाथ उद्घाटन भएको अभियान साउन र भदौ २ महिना चल्ने उनले बताए।


Leave a Reply