काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ । पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले साउन १६ गतेदेखि सुरु हुने बैठकको लागि एजेन्डा तय गरेको उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
उनका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्ने गर्नेछ ।
यस्तै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र सङ्गठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुने बताए ।
यस्तै बैठकको अन्त्यमा समसामयिक विषयमा पारित गर्ने बताए ।

Leave a Reply