ल्हेन्दे खाेलामा फेरि उर्लियो बाढी : टिमुरे भन्सारको धर्मकाटा बगायो, भोटेकोसी र त्रिशूली किनारमा हाइ अलर्ट जारी

काठमाडौं । गएराति २ बजेदेखि रसुवाको गोसाईंकुण्ड नगरपालिका २ ल्हेन्दे खोलामा पानीको बहाव बढेको छ ।

चीनतर्फबाट पानीको बहाव बढेर बाढी आएको र उक्त बाढीले टिमुरे भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

अहिले पनि बाढीको सतह उच्च नै रहेकाले रसुवा नुवाकोट धादिङका भोटेकोशी र त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजगता अपनाउन अनुरोध गरिएको छ ।

खोलामा मार्न जाने बाढी बगेर आएका काठ दाउरा टिप्न जानेजस्ता कार्यहरू नगर्न आग्रह गरिएको हो ।

यता, जिल्ला प्रशासन कार्यालय धादिङले पनि नुवाकोट विदुर नगरपालिका क्षेत्रमा पानीको बहाव उच्च रहेकाले सचेत रहन आग्रह गरेको छ ।

धादिङ जिल्ला तर्फ बढिरहेको हुँदा धादिङका गल्छी, गजुरी, सिद्धलेक, बेनिघाट रोराङ गाउँपालिका लगायत गोरखा र चितवन जिल्लाका त्रिसुली नदी तटीय क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नागरिकहरूले उच्च सतर्कता अपनाउन प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *