प्रचण्डको प्रष्टीकरण-पार्टीमा कुनै विरोध छैन, सबै मिलिसक्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन्।

समाजवादी मोर्चाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीभित्रको किचलो सबै मिलिसकेको दाबी गरे। उनले भने, ‘पार्टीमा कुनै विरोध छैन, सबै मिलिसक्यो।’

प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी केही दिनयता सतहमा आएको छ । एक–अर्कालाई लक्षित गर्दै सार्वजनिक मञ्चबाट दुई नेताहरूको हिलो छ्यापाछ्यापले आन्तरिक विवाद चर्किएको छ।

Comments

One response to “प्रचण्डको प्रष्टीकरण-पार्टीमा कुनै विरोध छैन, सबै मिलिसक्यो”

  1. ksp pyl Avatar
    ksp pyl

    सबै मिलिसक्यो । सबै मेरा पुच्छर भैसके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *