ओलीको कटाक्ष- रविको पक्षमा तीन करोडभन्दा बढी हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति रवि लामिछानेलाई प्रतिशोध राखेको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानप्रति कटाक्ष गरेका छन् । सुदूरपश्चिममा आयोजित एक कार्यक्रममा बोल्दै अपराध गरेपछि अदालत थुनेको बताए ।

उनले भने, ‘विभिन्न प्रकारका अपराध गर्यो। अनि सरकारलाई गाली । सरकार अदालत होइन, अदालतले थुन्छ कि छाड्छ सरकारको हातमा हुँदैन । ठगी गरेपछि अदालतले थुन्छ त हामी के गर्ने ? नचाहिने काम गर्ने बेलामा आँखा नदेख्ने अनि के को प्रतिशोध ?’

उनले रवि लामिछानेलाई आफूले उपप्रधान तथा गृहमन्त्री बनाएको बताए ।

उनले थपे, ‘तथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लागेको छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन भयो भने, सचेत हुन्नस् है, तीन करोडभन्दा माथि नपु¥याउनुस् ।’

उनले यो गठबन्धन ०८४ को चुनावसम्म जाने भन्दै त्यसपछि के गर्ने छलफल गर्ने बताए ।

 

Comments

2 responses to “ओलीको कटाक्ष- रविको पक्षमा तीन करोडभन्दा बढी हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ (भिडिओ)”

  1. Bijay P. Adhikari Avatar
    Bijay P. Adhikari

    ३ करोड मात्रै के १० करोड नि पुग्न सक्छ। म आफैले ५ चोटी गरेको छु हस्ताक्षर। हामी युवाहरु गणतन्त्रे नेताहरुको आतंकबाट यति आत्तिएका छौं कि ८४ सम्म कुर्नै नसक्ने अवस्थामा पुगिसकेका छौं अब।

  2. manaia thompson Avatar
    manaia thompson

    यो मनुवारूपी दानव बर्बरायो ए.बी.ए. कही हुन्छ होशियार|

Leave a Reply

Your email address will not be published. Required fields are marked *