गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको हुन्छ: मन्त्री अधिकारी (भिडिओ)

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतःसरकारको हुने बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि संशोधनकर्ता सांसदसंगको छलफलका क्रममा मन्त्री अधिकारीले गिरीबन्धु टी–‍इस्टेट चिया बगानकालागि लिएको जग्गा भएकाले अर्को प्रयोजनका लागि प्रयोग गर्न नपाइने बताए । प्रयोजनबाहेकको काममा गिरीबन्धु टी–‍इस्टेटको जग्गा प्रयोग गरे हदभित्रको बाहेकको जग्गा सरकारको हुने उनले बताए ।

मन्त्री अधिकारीले तराईमा १० बिगाहा जमिन व्यक्तिले राख्न पाउने व्यवस्था रहेको जानकारी दिनुभयो । उहाले भूमिहीनको पहिचान तथा वर्गीकरणको जिम्मेवारी स्थानीय तहलाई दिइएको र त्यसअनुसार नै जग्गा वितरण हुने स्पष्ट पारे । भूमिहीन दलित तथा सुकुम्वासीको वर्गीकरण भएको पालिकामा मात्र जग्गा वितरण प्रक्रिया अगाडि बढाइने उनले बताए ।

विधेयकमाथि संशोधन दर्ता गराउने सांसदहरुले विचौलियालाई नभइ बास्तविक जनताको समस्या समाधान हुने गरि विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि ९९ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

 

Comments

2 responses to “गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको हुन्छ: मन्त्री अधिकारी (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    विरोध गर्नेहरूले कुरा राम्ररी बुझ । साँसदहरू पनि फेसबुक हेरेर कुरा गर्न थाले ।

  2. ksp pyl Avatar
    ksp pyl

    हावा कुरा गर्ने गगन र विश्वप्रकाशले अब पनि गिरिबन्धु भन्छौ लाजै नमानी ? विदेशीको दलाली नगर साथि हो देशको लागि काम गर । एउटा ज्यान त जनावरले पनि पाल्छ । मान्छे भए पछि विवेक चाहिन्छ । नागरिकता विधेयक समितिमा लानु नपर्ने किनकी मालिक खुशी पार्नु छ । भूमि विधेयकमा चाहिँ हावामा कुरा गर्ने । विधेयक हेर्नु पर्दैन ? मन्त्रीको अघि लाजले पानी पानी भए यी । याद गर ओलिले तिमीहरू जस्तो दलाली गर्दैनन । देश फटाहाहरूलाई लुटन दिदैनन । तिमीहरू त लुटेराहरूका दोस्त हुनसक्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *