काठमाडौं । हायू समाज नेपालले उर्मिला हायुको परिवारको अस्थायी बसाइ र श्रमसँग सम्बन्धित स्वेच्छिक निर्णयलाई पूर्वाग्राही ढंगले गलत टिप्पणी भएकाे भन्दै आपत्ति जनाएको छ ।
समाजले आज एक विज्ञप्ति जारी सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका- ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर पूर्वाग्राहीपूर्ण गलत टिप्पणी गरेको भन्दै आपत्ति जनाएको हो ।
आधारहिन प्रचारले हायु परिवारलाई हैरानी दिएकाे मात्र नभई समुदायको भावना र सम्मानमाथि प्रहार भएको बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ निवासी हायु समुदायका १६ सदस्यीय उर्मिला हायूको परिवार केही समयदेखि सम्पर्कविहीन भएका थिए ।
सिन्धुलीबाट सम्पर्कविहिन भएका परिवार पोखरामा सकुशल भेटिएका थिए । उनीहरुले श्रमिक कामको सिलसिलामा आफ्नो घर सिन्धुलीबाट पोखरा आएको जानकारी प्रहरीसमक्ष दिएका छन् । यस घटनालाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हचुवा र आधारहीन समाचारहरु अनर्गल तरिकाले प्रसारण गरिएको भन्दै खेद पकट गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘यस्ता आग्रह पुर्वागढ़पुर्ण गलत टिप्पणी सर्वथा असभ्य, अशिष्ट र विकृत मानसिकताको उपज बाहेक अरु केही हैन हाम्रो हावू समुदाय आफ्नो श्रम, इमानदारीता र आत्मसम्मानमा जीवनयापन गरि आएको आदिवासी समुदाय हो यस्तो आधार बिहान र हचुवा प्रचार-प्रसारले केवल यो परिवारजनलाई हैरानी मात्र होइन, समग्र समुदायको भावना र सम्मान माथि प्रहार भएको अनुभूति हामीले गरेका छौं ।’
समाजले यो परिवारको पुनःस्थापना र व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् ।


Leave a Reply