बासेटेरे, सेन्ट किट्स। अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-२० सिरिजमा शानदार ह्वाइटवास गरेको छ । वार्नर पार्क, बासेटेरेमा भएको अन्तिम खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गर्दै सिरिजमाथि पूर्ण दबदबा कायम ग¥यो ।
पहिलो चार खेलमा क्रमशः ३ विकेट, ८ विकेट, ६ विकेट र ३ विकेटले जित हासिल गरेको अष्ट्रेलियाले अन्तिम खेलमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको हो । वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १७० रन बनाएको थियो । सिमरोन हेटमियरल ३१ बलमा ५२ रन बनाउँदै टिमलाई मध्यम योगफलसम्म पुर्याएका थिए । यस्तै, शेरफेन रदरफोर्डले १७ बलमा ३५ रन बनाए । अष्ट्रेलियाका बेन ड्वारसुइसले सर्वाधिक तीन विकेट लिए भने नेथन एलिसले २ विकेट हात पारे ।
जवाफी ब्याटिङमा अष्ट्रेलियाले खराब सुरुवात गरेको थियो । ओपनरको भूमिकामा आएको ग्लेन म्याक्स्वेल ० रनमा आउट भए भने मिचेल मार्सले १४ रन मात्रै जोड्न सके । २५ रन बनाउँदा ३ विकेट गुमाएको अष्ट्रेलियालाई मध्यक्रमका ब्याट्सम्यानहरुले उद्दार गरे । क्यामरन ग्रीनले १८ बलमा ३२ रन, टिम डेविडले १२ बलमा ३० रन मिचेल ओवेनले १७ बलमा ३७ रन र एरोन हाडीले २५ बलमा २८ रन बनाएपछि अष्ट्रेलियाले १७ ओभरमै लक्ष्य भेटेको थियो ।
अष्ट्रेलियाका कप्तान मिच मार्शले जितपछि भने, ‘हाम्रो टोलीले यो सिरिजमा उत्कृष्ट प्रदर्शन गर्यो । हामीले हरेक खेलमा आफ्नो रणनीतिलाई प्रभावकारी रूपमा लागू गर्यौं ।’
५ म्याचको टी–२० श्रृंखलामा ह्वाइटवास भएको यो दोस्रोपटक हो । यसअघि भारतले न्यूजिल्यान्डविरुद्धको ५ म्याचको श्रृंखला ह्वाइटवास गरेको थियो ।

Leave a Reply