पोखरा। सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौडामा फेला परेका छन् । कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले हायु परिवारका १६ जनालाई नै गगनगौडामा फेला पारेको जानकारी दिए ।
एसपी ओलियाका अनुसार उनीहरू गाडी रिजर्भ गरेर पोखरा आएका थिए। उनीहरू शनिवार लेकसाइडस्थित होटेल जननीमा बसेका थिए। आइतबार उक्त होटेलबाट निस्किएका उनीहरू आज गगनगौडामा भेटिएका हुन् ।
स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा भेटिएको एसपी ओलियाले बताए।

Leave a Reply