गोसाईकुण्डमा भेटिएका दुई जनाको शव मौसमका कारण त्यहीँ राखियो

काठमाडौं । मौसम प्रतिकुलताको कारण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–५ स्थित गोसाईकुण्डमा फेला परेको दुई जनाको शव काठमाडौ ल्याउन नसकिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

लगातार वर्षाको कारण उक्त क्षेत्रमा हेलिकप्टर जान र अवतरण गर्न असम्भव भएपछि उनीहरुको शव तीर्थयात्री बस्न बनाईएको पाटि पौवामा राखिएको छ । सो स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. २० गुल्म रसुवा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज तैनाथ रहेको छ ।

स्नान गर्ने क्रममा बेपत्ता दुवै जनाको शव नेपाली सेनाको श्री श्रीनाथ गण सुरक्षा पोष्ट चन्दनवारीबाट खटिएको सुरक्षा फौजले साउन १२ गते बिहान करीव ११ बजे गोसाईकुण्डबाट बाहिर निकालेका थियो ।

गोसाईकुण्डमा स्नान गर्ने क्रममा साउन ११ गते मोरङ जिल्लाको बेलवारी नगरपालिका–११ बस्ने २५ वर्षीय मनोज न्यौपाने र सोही जिल्लाको विराटनर महानगरपालिका–३ बस्ने २९ वर्षिय सुजन ढकाल डुवेर बेपत्ता भएका थिए ।

मौसम सफा भएपश्चात भोली हेलीकप्टरद्वारा दुबैको शव कामठमाडौ ल्याउने तयारी रहेको सशस्त्रका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले उल्लेख गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *