लुम्बिनी सरकारमा लाेसपाकाे इन्ट्री, प्रदेशमै चाैथाेपटक मन्त्री बने सन्ताेष पाण्डेय

रूपन्देही । लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितिमा मन्त्री पाण्डेयले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमवार सपथ ग्रहण गरेका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् बिस्तार गरेका थिए । एक वर्षदेखि मुख्यमन्त्री आफैंले राखेकाे युवा तथा खेलकुद मन्त्रालयमा लोसपाका संसदीय दलका नेता पाण्डेय नियुक्त गरेसँगै अब लुम्बिनीको मन्त्रिमण्डल १२ सदस्य भएको छ ।

आज मन्त्री बनेका पाण्डेय प्रदेश सरकारमा चाैथाेपटक मन्त्री बनेका हुन् । रूपन्देहीको भैरहवामा निवासी उनी यहाँ बनेका ५ सरकारमध्ये चारमा सहभागी भइसकेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *