प्रधानमन्त्रीलाई नेसपा नयाँ शक्तिको ध्यानाकर्षण- प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिदेखि जनलोकपाल गठनसम्म

काठमाडौं । गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

११ जिल्लामा धर्ना कार्यक्रम गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाएको हो।

ज्ञापनपत्रमा देशको राजनीतिक, प्रशासनिक र आर्थिक संकटको समाधानका लागि वैकल्पिक राजनीतिक शक्ति अपरिहार्य भएको उल्लेख छ। पुराना दलहरू पुरानै सोच र शैलीमा अड्किएको, लोकतन्त्र दलतन्त्र र सिन्डिकेटमा सीमित भएको पार्टीको धारणा पनि उल्लेख छ।

पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक प्रणाली, ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’, जनलोकपाल गठन, भ्रष्टाचार नियन्त्रण, आत्मनिर्भर अर्थतन्त्र, र मौलिक हकको पूर्ण कार्यान्वयनको माग राखेको छ।

साथै, गोरखकाली रबर उद्योग सञ्चालन, बुढीगण्डकी आयोजना निर्माण, पोखरा विमानस्थल र बसपार्क सञ्चालन, र मध्यपहाडी लोकमार्गको ढिलाइ अन्त्य गर्न आग्रह गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *