काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका बाग्मती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले कांग्रेसले विधेयकहरूमा दोहोरो भूमिका खेलेको भन्दै गम्भीर मूल्याङ्कन गर्न आवश्यक रहेको बताएका छन्।
कांग्रेसको भूमि र शिक्षा विधेयकहरूमाथिको दोहोरो चरित्र देखाएको भन्दै तल्लो स्तरको राजनीतिक दाउपेच गरिरहेको टिप्पणी गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्- ‘नेपाली कांग्रेसको भूमि र शिक्षा सम्बन्धित विधेयकहरू माथिको दोहोरो चरित्र अति नै तल्लो स्तरको राजनीतिक दाउपेच जस्तो लाग्यो। माथि संयन्त्रमा एउटा कुरा बाहिर आएपछि अर्को ? सत्ता साझेदारी गरिरहेको दलको यो व्यवहार लोकतन्त्रमा कति उचित हो ? मूल्याङ्कनको विषय हो।’
यी दुई मात्रै नभएर कांग्रेस र एमालेबीच निजामती, संवैधानिक परिषद् विधेयकमा पनि फरक मत छ।

Leave a Reply