काठमाडौं । आज साउनको दोस्रो सोमबार देशभरिका शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ ।
गए रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको भए पनि शिवालयहरूमा भिड कम भएको छैन ।
पशुपतिनाथ, भक्तपुरको डोलेश्वर मन्दिर लगायतका शिवालयहरूमा छाता ओढेर नै दर्शनार्थीहरु पुगेका छन् ।


Leave a Reply