सूर्यविनायकमा नयाँ रंगशाला बनाउन प्रधानमन्त्रीले गरे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा आज सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का नेतृत्वसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले हालको काठमाडौँको दशरथ रंगशाला सानो भएकाले ठुुलो रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गालगायत आवश्यक पूर्वाधारको प्रबन्धका लागि परामर्श गरेका हुन् ।

सो नगरपालिकाले वडा नम्बर ८, जगाते (पुरानो इँट्टा टायल कारखाना)स्थित दुुई सय रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया छिटो अघि बढाउने प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ ।

उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रंगशाला बनाउने प्रधानमन्त्री ओलीको घोषणा रहेको छ ।

छलफलमा नगरपालिकाका प्रमुुख वासुुदेव थापा, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत थिए ।

Comments

One response to “सूर्यविनायकमा नयाँ रंगशाला बनाउन प्रधानमन्त्रीले गरे छलफल”

  1. Chandra Panta Avatar
    Chandra Panta

    राम्रो प्रयासको थालनी गर्न लाग्नुभएकोमा सम्माननीय प्रधानमन्त्री ज्यू लगाएत सम्बद्ध सबैमा हार्दिक धन्यवाद सहित शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *