खाली गाग्री बोकेर पानी माग्दै समाजवादी युवा संघको प्रदर्शन

जनकपुरधाम । खाली गाग्री बोकेर पानी माग्दै जनकपुरधाममा समाजवादी युवा संघले प्रदर्शन गरेको छ ।

पानी अभावमा जनता संकटमा परेपनि प्रदेश सरकार केहि गर्न नसकेको भन्दै समाजवादी युवा संघका युवाहरुले खाली गाग्री बोकेर प्रदर्शन गरेका हुन् । उनीहरुले जनक चोकबाट प्रदेश सरकारविरुद्ध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको थियो ।

प्रदर्शनमा सहभागी युवाहरुले भ्रष्ट सरकार पानी दे, किसानका लागि राहत प्याकेज घोषणा गर, किसान मार्न पाइँदैन, किसान विरोधी सरकार होसियार, चुरे दोहन बन्द गर जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

समाजवादी युवा संघले जिल्ला प्रशासन कार्यालयमार्फत् चार बुँदे र मुख्यमन्त्री कार्यालयमा आठ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

संघीय सरकारलाई पठाएको ज्ञापन-पत्रमा भूमि विधेयक खारेज वा संशोधन गर्नुपर्ने, तत्काल मल र बीउको व्यवस्था गर्नुपर्ने, सुक्खाग्रस्त अवस्थाबाट बच्न दीर्घकालीन योजना ल्याउनु पर्ने र किसान तथा कृषि क्षेत्रलाई समेट्ने गरी योजनाहरू ल्याइनु पर्ने माग उल्लेख छ ।

यस्तै चुरे दोहन रोक्नुपर्ने, मल-खादको व्यवस्था गर्नुपर्ने, प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटमा दुई वटा रेड बुक बनाएको विषयमा छानबिन गर्नुपर्ने माग समेत प्रदेश सरकारसंग समाजवादी युवा संघले राखेको छ ।

 

Comments

2 responses to “खाली गाग्री बोकेर पानी माग्दै समाजवादी युवा संघको प्रदर्शन”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    समाजबादीहरूलाइ युरोप तिर खेदाऔ, नेपालको मौलिक परम्परामा आधारित राजनिती बनाऔ !! यि हिन्दू बिरोधी समाजबादी र मार्क्सबादीलाइ देश निकाला गर्नुपर्छ। संघिय सरकार संग नै सबै थोक माग्ने भए किन प्रदेश बनाएको? कि त प्रदेश खारेज गर्।

  2. ksp pyl Avatar
    ksp pyl

    ३०० वटा डिप बोरिङ् बेचेर खाए। ट्रान्सफर्मर चोरेर लगे । खोइ नियन्त्रण गर्न जुलुस ? ज्यालादारी पाए गाग्रो बोकेर आए । वाहियातहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *