‘अहिले अधिनायकवाद भन्नेहरूलाई हामीले भोगेको जेलनेल र कालकोठरी के थाहा ?’ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेको बताएका छन् ।

बालुवाटारमा आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा ओलीले अब बीपी कोइराला र पुष्पलालहरू कुनै दल विशेषका नेता नभई, देशकै नेता भएको बताए ।

‘अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ । तर, अधिनायकवाद कस्तो हुन्छ भन्ने त्यसबेला भोग्ने बिपीहरू र हामीहरूलाई थाहा छ । जेल हतकडी र कालकोठरी भोग्नेहरूलाई थाहा हुन्छ । अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ,’ ओलीले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोक्दा आफ्नो निहीत स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले बीपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए ।

Comments

4 responses to “‘अहिले अधिनायकवाद भन्नेहरूलाई हामीले भोगेको जेलनेल र कालकोठरी के थाहा ?’ (भिडिओ)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    मूर्ख नबनाउ, क्रान्तिको नाममा ब्यक्ती हत्या को आतंक मच्चाएकोले तिमीहरूलाइ जेलनेल भएको हो। प्रचण्ड भन्ने ५००० जनाको हत्याको जिम्मेवारी लिने आततायी अझै खुल्लमखुल्ला हिडेको छ।

    1. ksp pyl Avatar
      ksp pyl

      ओलिले व्यक्ति हत्या गरेको प्रमाण छ ? ओलिलाई भन्न कसको दानापानी खाएको छस् ? अरूलाई भन् तर ओलिलाई नभन् । भन्ने भए प्रमाण देखा ।

      1. Nick Kashyap Avatar
        Nick Kashyap

        झापा काण्ड भनेर मान्छे मार्ने काम चाही कसले गर्यो? मान्छे मार्न खुकुरी आफै उज्याउन पर्दैन, आदेश दिने पनि बराबरी अभियुक्त हुन्, यो ओली पनि त्यही हो। चोरले म चोर हॅु कहिल्यै भन्दैन। ओलीले दिएको हण्डी खाएर लेख्छस् झोले? तॅ मार्क्सबादीहरू लाइ यो देशबाट लखेट्नु पर्छ। तेरो एमाले पार्टी चाही एन्जिओ आएनजिओ बाट आएको बिदेशी पैसाले चलेको वेश्या संगठन हो।

  2. ksp pyl Avatar
    ksp pyl

    पहिलेका भिम रावलजस्ताले पनि भन्छन र पो दुःख लाग्छ । दिल्लीले दाना पानी खुवाएर पालेकाहरू ओलिलाई तानाशाह भन्छन् । प्रभू साह, भिम रावल, मेटमणि, विरोध खतिवडाजस्ता अरूको लागि काम गर्नेले त भन्ने नै भए । नेपाली जनता, जो स्वाभिमानी छन्, उनीहरूले भनेका छैनन् ।भन्नै सक्दैनन् । जो स्वाभिमान र सम्वृद्विको लागि पहाडजस्तोगरी खडा भएर काम गरिरहेको छ उसलाई अधिनायकवादी भन्ने त कि उचालिएका हुन् कि दक्षिणको दानापानी खाएका हुन् । भिम रावलको छोरालाई दिल्ली दुतावासले अर्काको कोटामा पढन पठाईदिए बापत अहिले पनि गुन तिरिरहेका छन् ।माधव त्यहि हुन् । पार्टी नै दिल्लीले जन्माईदिएकाले त भन्ने नै भए । स्वाभिमानी नेपाली जनता तपाईको पक्षमा छन् । अब समय आयो अधिनायक भन्नेलाई जनताले प्रतिकार गर्ने । हरेक क्षेत्रबाट त्यस्ता दलालहरूलाई प्रतिकार गर्ने । म एमालेको सदस्य नभए पनि ओलि विरूद्व कोहि बोल्छ भने प्रतिकारमा उत्रन तयार छु । कसले किन ओलिको विरोध गर्छ भन्ने कुराको तथ्य सहित प्रतिकार गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *