सिराहामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारी समात्यो

जनकपुरधाम । सिराहाको नवराजपुरबाट प्रहरीले गोली चलाएर लागुऔषध खैरो हिरोइनसहित एक जना कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी ग्राम पञ्चायत बिरपुर ९ का ३८ वर्षीय श्याम सुन्दर पासवान छन् । नवराजपुर गाउँपालिका ४ कुसन्डीबाट उनलाई खैरो हिरोइनसहित पक्राउ गरिएको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले पासवान सबार बिआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकललाई रोक्न खोजेको थियो। तर पासवान मोटरसाइकल लिएर भाग्न खोज्दा इलाका प्रहरी कार्यालय झाझपट्टीको टोलीले टाइप ७७ पेस्तोलबाट एक राउन्ड गोली चलाएको बुझिएको छ।

गोली फायर भएपछि मोटरसाइकल रोकेलगत्तै पासवानलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा खैरो हिरोइन अन्दाजी ५० ग्राम बरामद भएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतार लगिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *