आफ्नो भाषण नसुनी हिँडेपछि प्रचण्डलाई पत्रकारमार्फत झलनाथको ३ बुँदे खबरदारी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले नेपालको राष्ट्रिय हितविपरित सरकारले तीनवटा सन्धी सम्झौता गर्न लागेको भन्दै विपक्षी दलका नेता प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले नेपाल र भारतबीच हुन लागेको भनिएको सुपुर्दगी सन्धी,कोशी उच्च बाँध र नागरिकता विधेयकबारे प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

खनालभन्दा अगाडि बोलेर प्रचण्ड हिँडेकाले उनले पत्रकारमार्फत तीन कुरा सम्झाउछु भन्दै आफ्नो भाषण अघि बढाएका थिए । उनले नेपालको राष्ट्रियता संकटमा परेको परम्परागत दावीलाई दोहोर्याए ।

खनालले भने भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धनी गर्न नसके त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुने बताए । त्यसका लागि नेपालका सबै देशभभक्तहरु सचेत हुन जरुरी रहेको भन्दै खनालले विपक्षी नेता भएकाले प्रचण्डको सतर्कताको लागि आह्वान गरे ।

त्यस्तै खनालले दोस्रो बुँदामा सरकारले भारतसँग कोशी उच्च बाँधको सम्झौता गर्न लागेको भन्दै यसबारेमा नेपाली जनता र राजनीतिक दलहरुले थाहा पाउनुपर्ने बताए । विगतमा राणाकालीन शारदा ब्यारेजदेखि गण्डक,कोशी र टनकपुरमा नेपाल ठगिएकाले ठूला उच्च बाँधका बारेमा सचेत हुन प्रचण्डलाई आग्रह गरे ।

खनालको तेस्रो खबरदारी भने नागरिकता विधेयकमा रहेछ । उनले नागरिकता विधेयकमा बाबुको नाम नभए पनि हुनेगरी प्राबधान राखिएको बताए । खनालले आमाको नामबाट नागरिकता दिनेगरी कानून ल्याउनुको उद्देश्य उत्तरतिरबाट नेपालमा प्रवेश गरेर लामो समय बसोबास गरिरहेका ४० हजार व्यक्तिलाई नागरिकता दिनु रहेको दावी गरे ।

खनालले भनेका उत्तरबाट आएकाहरु तिब्बती शरणार्थी हुन् त रु यसबारे भने उनले प्रष्ट नपारी आफ्नो करीव आधा घण्टाको भाषण टुंग्याए ।

Comments

One response to “आफ्नो भाषण नसुनी हिँडेपछि प्रचण्डलाई पत्रकारमार्फत झलनाथको ३ बुँदे खबरदारी”

  1. ksp pyl Avatar
    ksp pyl

    हिरो नपल्टिनु । ओलिले त्यस्तो केही गर्दैनन । बरू प्रचण्डलाई के सुनाउनु नि उनको पार्टी नै उतैबाट चलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *