नेकपा सम्झिँदै प्रचण्डले भने- ओलीलाई पाँच वर्ष प्रधानमन्त्री खानुस्, पार्टीको जिम्मा दिनुस् भन्दा हमला गरे (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा जोगाउनको लागि केपी ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री खानुस् भन्दा पनि जोगाउन नसकेको स्मरण गरेका छन्।

पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित निर्वासन लोकार्पण समारोहलाई सम्बोधन गर्दै आफू कम्युनिस्ट एकताको पक्षमा रहेको भएपनि कम्युनिस्टको साइनबोर्ड टाँगेर बसेकाहरूसँग हुने बताए।

उनले आफ्नै प्रस्तावमा एमालेसँग एकता भएपनि टिकाउन नसकेको बताए। उनले भने, ‘हामीलाई जनताले विश्वास गरेर दुई तिहाइ नजिक त पुर्‍याइदिएका हुन् नि। तर टिकेन। प्रधानमन्त्री आलोपालो गर्ने कुराले पार्टी बिग्रिन्छ भन्ने देखेपछि मैले बैठकमा पाँचै वर्ष खानुस् भने ओलीजीलाई, मैले पार्टी चाहिँ अलि राम्रो बनाउने मन छ पार्टीको जिम्मा दिनुस् भनेको थिएँ। एउटा बैठक मात्रै मैले अध्यक्ष भएर चलाएका थिएँ, ९० प्रतिशत नेताहरू खुसी हुनुहुन्थ्यो। मलाई लाग्यो अब एकता लामो जान्छ। तर, अर्को हप्ता त प्रचण्डले पार्टी सिद्ध्याउने भयो भनेर पशुपतिको होटेलमा बसेर म विरुद्ध हमला गर्न साँठगाँठ भयो।’

उनले कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट बनाउनको लागि विचार र राजनीतिक कार्यदिशामा एकता हुनुपर्ने बताए।

Comments

2 responses to “नेकपा सम्झिँदै प्रचण्डले भने- ओलीलाई पाँच वर्ष प्रधानमन्त्री खानुस्, पार्टीको जिम्मा दिनुस् भन्दा हमला गरे (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    २ वर्ष सरकारबाट बाहिरै राखिदिनु उपचार गर्नुपर्ने हुनसक्छ ।

  2. Nepali kanxo Avatar
    Nepali kanxo

    Yo muji prachanda aba slowly balauxa.
    Yo manxe ko histry hernu jasko party pani yasle bigarekai xa. Vadekai xa.
    UML jasto united party lai yasle sittai ma khana khojeko thiyo KP le belai ma bujyo. Good vo.
    Nepali communist movement ko vilen ho prachanda.

Leave a Reply

Your email address will not be published. Required fields are marked *