‘सिटामोल’ ट्रेलर प्रतिक्रियाले दर्शकमाझ बढायो उत्साह

काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को ट्रेलर हालै सार्वजनिक भएको छ । जसले दर्शकमाझ गहिरो प्रभाव छाडेको छ ।

सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण श्रेष्ठ, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक बाल कलाकार करण नेपाली जस्ता कलाकारहको दमदार अभिनय झल्किने यो ट्रेलरले पारिवारिक कथा, सामाजिक यथार्थ र व्यक्तिगत संघर्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।

ट्रेलरको सुरुवातमै दर्शकले गाउँको परिवेश, पुराना मूल्य(मान्यता र आधुनिक यथार्थबीचको टकराव देख्न पाउँछन् । सौगात मल्लको पात्र एक संवेदनशील तर विद्रोही स्वभावको व्यक्ति देखिन्छ । जसले आफ्नो परिवार र समाजबीच सन्तुलन खोजिरहेको छ । बेनिशा हमालले एक आत्मविश्वासी महिलाको भूमिकामा गहिरो प्रभाव पार्छिन् ।

सामाजिक मुद्दा उठान गरेको सिनेमाको ट्रेलरले स्वास्थ्य, गरिबी, महिला सशक्तीकरण, अनि सामाजिक विभाजनजस्ता मुद्दाहरूलाई गम्भीर तर भावनात्मक शैलीमा उठाएको छ। ‘सिटामोल’ केवल औषधिको नाम होइन, समाजमा व्याप्त पीडाको प्रतीकझैं देखिन्छ।

सिनेमाको विशेषगरीप्राविधिक पक्ष विशेषगरी छायांकन उत्कृष्ट देखिन्छ । दृश्यहरूमा सिनेम्याटोग्राफीको कलात्मकता छ। संवादहरू गहिरा छन् र पृष्ठभूमि संगीतले कथा प्रवाहलाई थप तीव्र बनाउँछ। सम्पादन गतिशील छ, जसले ट्रेलरलाई लयबद्ध बनाएको छ।

यो समाचार पार्दै गर्दा सिनेमाको ट्रेलरलाई तीन लाख ७६ हजार बढि दर्शकले हेरेका छन् । सिनेमाको ट्रेलर हेरिसकेपछि अधिकौश दर्शकले सौगात मल्ल र बेनिशा हमालको अभिनयका साथै गम्भीर सामाजिक सन्देश तथा भावनात्मक सम्वाद र सशक्त व्याकग्राउण्ड म्युजिकले मन जितेको प्रतिक्रिया दिएका छन् ।

गत वर्ष रिलिज भएको सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ पश्चात अर्को दर्शक रुवाउने सिनेमाको रुपमा ‘सिटामोल’ देखिएको प्रतिक्रिया कमेन्टबक्समा देख्न सकिन्छ । जसले दर्शकमाझ सिनेमाको हाइप उच्च बनाएको छ । ट्रेलरले दर्शकहरूमा उच्च प्रतिक्षा सिर्जना गरेको छ। यदि ट्रेलरमा देखाइएको कथा र भावनालाई पर्दामा न्याय गर्न सकेको खण्डमा ुसिटामोलु एक अविस्मरणीय सिनेमा बन्ने देखिन्छ ।

राज बहादुर साने निर्देशित सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *