कुलिङ पिरियडमा छेडखानीबारे प्रचण्ड- शंकाको सुई प्रधानमन्त्रीतिर सोझियो, छानबिन हुनुपर्छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती विधेयकमा डरलाग्दो चलखेल भएको बताएका छन्।

सहिद शिक्षक स्मृतिको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचार, जालझेल, ठगी अहिले सरकारको परिभाषाजस्तो भएको बताए।

उनले भने, ‘कुलिङ पिरियड दुई वर्ष राख्ने निर्णय सर्वसम्मत भएको हो। तर अहिले सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रियसभामा राख्नुहुन्न भन्ने पक्षमा संशोधन प्रस्ताव राखेको छ। बिरालोले अन्तिममा म्याउँ गरिछाड्यो भन्या जस्तै एमालेले म्याउँ गरिनै हाल्यो। उसको नै रहेछ नियत, षड्यन्त्र गर्ने पनि उही रहेछ। यसको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्छ।’

उनले संसदीय छानबिन समितिले छानबिन गरिरहेको बताए।

उनले थपे, ‘पहिला पनि शंकाको सुई प्रधानमन्त्रीतिर सोझिएकै थियो। ठोस रूपमा भन्ने आधार थिएन। अहिले एमाले सांसदहरूको गतिविधिबाट यो एमाले र नेतृत्वकै नियतले भएको हो। त्यसैले छानबिनको दायरामा प्रधानमन्त्री स्वयम् पनि पारिनुपर्छ।’

Comments

One response to “कुलिङ पिरियडमा छेडखानीबारे प्रचण्ड- शंकाको सुई प्रधानमन्त्रीतिर सोझियो, छानबिन हुनुपर्छ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    नारायण दाहाललाई भनेर विधेयक रोक्ने आफैं । सचिव र सहसचिवहरूसँग दाहाल दाजुभाइले दाम उठाईरहेका छन् भनेर व्यापक छ । छानबिन गर । आजभोलि खल्ति खालि भएको निकै समय भयो । छटपटी भएछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *