कुलिङ पिरियड र भूमि विधेयकमा दलहरूबीच गम्भीर छलफल आवश्यक छ : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निजामती विधेयकमा रहेको कुलिङ पिरियड र भूमि विधेयकलगायतका विषयहरूमा दलहरूबीच गम्भीर छलफल आवश्यक रहेको बताएका छन्।

मानव अधिकार तथा शान्ति समाजको काठमाडौं शाखाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दलहरुबीच सहमतिमा अघि बढ्न आवश्यक रहेको बताए।

उनले भने, ‘यी सबै विधेयकहरूमा दलहरुबीच छलफल र सहमति आवश्यक छ। भूमि विधेयकले वर्षौँदेखि बसोबास गरिरहेका तर लालपुर्जा नभएका अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ। वन फडानी गर्ने होइन। यसमा केही भ्रम छ।’
उनले देशको विकास र उन्नतिका लागि बाधक भनेको भ्रष्टाचार, अनियमितता र कुशासन भएकाले त्यसको अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताए।

उनले राजनीतिक दलहरूले पनि आफ्नो गल्तीलाई स्वीकारेर एक अर्कालाई दोषारोपण नगरी जनताको असन्तुष्टिलाई चिनेर समाधान दिनुपर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *