काठमाडौं । गाउँमा जुत्ता–चप्पल सिलाउन हिँड्नेसँग समेत स्थानीय तहले कर असुल्न थालेका छन् । मकवानपुर जिल्लाको थाहा नगरपालिकाले गाउँमा जुत्ता चप्पल सिलाउनेले मासिक ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको हो ।
थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले स्थानीय आर्थिक ऐन अनुसार आर्थिक वर्ष २०८२/८३ सुरु भएदेखि यो कर उठाउन थालेको बताए ।
भुजेलले नेपाल प्रेससँग भने, ‘गाउँ–गाउँमा गएर जुत्ता–चप्पल सिलाउनेसँग ५ सय र गाडीमा कपडा लगायतका सामान विक्री गर्नेहरुसँग महिनाको १ हजार ५ सय कर उठाउने गरेका छौँ ।’
५ सय रुपैयाँ तिरेपछि जुत्ता बनाउन हिँड्न पाइने र १५ सय तिरेपछि गाडीमा सामान विक्री गर्न पाइने उनले जानकारी दिए ।

Leave a Reply