सौगातको खुट्टाको अप्रेसनले रोकियो ‘सिटामोल’को प्रमोसन, आइतबारपछि भिड्ने

काठमाडाैं । अभिनेता सौगात मल्लको खुट्टाको अप्रेसनका कारण ‘सिटामोल’को प्रमोसन रोकिएको छ । अब आइतबारपछि मात्रै उनी चलचित्रको प्रमोसनमा सक्रिय हुने भएका छन् ।

उनको खुट्टाको बूढी औंला छेवैमा अनावश्यक रुपमा मासु पलाएको थियो । उक्त मासुले मल्ललाई हिँडडुल गर्न अप्ठ्यारो भइरहेको थियो । उक्त मासुलाई काटेर फालेको मल्ले बताए । उनको अप्रेसन गत आइतबार काठमाडौं मेडिकल कलेजमा भएको थियो ।

सौगातले भने, ‘मासु पलाएका कारण हिँडडुल गर्न अलि अप्ठ्यारो भएको थियो । गत आइतबार केएमसीमा डक्टरहरुले काटेर फालिदिनुभयो । एक रात अस्पतालमा बसेर फर्किएँ ।’

अब आउँदो आइतबार घाउको टाँका खोलिने मल्लले बताए । मल्लका अनुसार घाउलाई सजिलो होस् भनेर डक्टरले लामै टाँका लगाइदिएका छन् । उक्त टाँका खोलेपछि पुनः चलचित्रको प्रमोसनमा सक्रिय हुने उनले बताए ।

‘सिटामोल’ साउन २३ बाट प्रदर्शन हुँदैछ । चलचित्रमा मल्लसँगै बेनिशा हमाल मुख्य भूमिकामा छिन् । चलचित्रको निर्देशन राजबहादुर सानेले गरेका हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *