कोशी प्रदेश सरकारद्वारा ६ सय ४७ किलोमिटर पक्की सडक निर्माण

विराटनगर । कोशी सरकारले प्रदेश स्थापना भएपछि ६ सय ४७ किलोमिटर पक्की सडक बनाएको छ । प्रदेश सरकार २०७४ सालमा भएको निर्वाचन पछि बनेका सरकारहरुले प्रदेशभरि ३९.१२ किमी आर.सि.सि. सडक बनाएको कोशी प्रदेश सरकारले जनाएको छ ।

आठ वर्षको अवधिमा कोशी प्रदेश सरकारले १५३६.६५ कि.मी. सडक ग्राभेल भएको र ४४५.०१ कि.मी. सडकको ट्रयाक ओपन निर्माण सम्पन्न भएको प्रदेश सरकारले जनाएको छ ।

कोशी प्रदेश सरकारले प्रदेशको २सय २८ किलोमिटर सडक कालोपत्रे गरेको छ । कोशी प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालयका अनुसार यस आर्थिक वर्षमा सडक पूर्वाधार क्षेत्रमा ११ वटा बहुवर्षीय सडक अनर्गत ११५.२३ कि मी सडक कालोपत्रे भएको हो । यस्तै सो आर्थिक वर्षमा १८ वटा सडकपुल र १६ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।

यसैगरी ४७.९६ कि.मी ट्रयाक ओपन, १६.७१ कि.मी. आर.सि.सि. सडक निर्माण, ११३.८९ कि.मी. कालोपत्रे सडक र १७५.४९ कि.मी. ग्रावेल सडक निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।

भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री भुपेन्द्र राईले प्रदेश सरकार स्थापना भएदेखि संचालनमा रहेका ९६ वटा बहुवर्षीय सडक आयोजनामध्ये हालसम्म ४३ वटा सम्पन्न भएका छन् । बाँकी ५३ आयोजनामध्ये ३१ वट आयोजना निर्माणको चरणमा छ्न । ११ वटा योजना भने रुग्ण अवस्थामा रहेको मन्त्री राईले बताए ।

आवास र भवन निर्माणमा जोड

कोशी प्रदेश सरकार स्थापना भएपछि प्रदेशभरि सरकारी, र सामुदायिक भवन निर्माणमा समेत उल्लेखनीय प्रगति भएको छ। कोशी प्रदेश सरकारले यस वर्ष १३ वटा सरकारी भवन निर्माण गरेको छ ।

यस्तै प्रदेश सरकारले ६९ वटा सामुदायिक भवन, ११ वटा सभाहल, १५८ वटा अन्य भवन निर्माण गरेकाे छ । प्रदेश सरकारले यस २५ वटा धार्मिक पूर्वाधार निर्माण गरिएको छ। साथै ४० वटा विद्यालय पूर्वाधार, ११ वटा कबर्ड हल र १० वटा खेल मैदान निर्माण भएको छ।

दलित, विपन्न र सीमान्तकृत समुदायका लागि संचालित कोशी प्रदेश जनता आवास कार्यक्रम अन्तर्गत २८४ वटा र संघीय शर्त अनुदानतर्फ २५४ वटा गरी कुल ५३८ वटा आवास निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *