विद्या भण्डारीको प्रष्टोक्ति- पदको लालसा छैन (भिडिओ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउनको लागि सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्किन खोजेको बताएकी छन् ।

एमालेमा निषेधपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो सदस्यता नवीकरण भइसकेको विषय भएकाले विवादमा पार्नुपर्ने विषय नै नभएको बताइन् ।

उनले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरि राजनीतिक दलमा नै आबद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको बताइन् ।

उनले भनिन्, ‘म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु । पदको लालसा छैन ।’

पार्टी सदस्यबाट आफूलाई वञ्चित गर्ने निर्णय अवैध भन्दै उनले आवेग र उत्तेजनाको निर्णयले पार्टीको साख गिराउने बताइन् । भण्डारीले पार्टी सदस्यबाट वञ्चित गर्ने एमालेको निर्णयको वैधतामाथि प्रश्न उठाएकी छन् ।

उनले संविधानको मर्म भावना कहीँ कतैबाट पनि दलमा आफू दलमा आबद्ध भएर राजनीति गर्न नपाउने अवस्था नरहेको बताइन् । उनले भनिन्, ‘यो घाम जत्तिकै छर्लङ भएको विषय हो। जबजले संवैधानिक सर्वोच्चता विधिको शासनलाई गहिरोसँग आत्मसाथ गरेको छ। मलाई सदस्यताबाट वञ्चित गराउनुपर्ने कुनै कारण छैन।’

Comments

2 responses to “विद्या भण्डारीको प्रष्टोक्ति- पदको लालसा छैन (भिडिओ)”

  1. Yubaraj Karki Avatar
    Yubaraj Karki

    देश,जनता र एकताबद्ध पार्टीको पक्षमा उहाँका विचारहरू प्रष्ट छन्। विद्या भण्डारी पार्टीमा आउँदा विभाजन हुन्छ भन्ने अफवाह फैलाइँदैछ। त्यो पटकपटक पार्टी विभाजनको पीडा भोगेका कार्यकर्ताहरू माथि गरिएको इमोसनल ब्ल्याकमेलिङ मत्र हो।

  2. ksp pyl Avatar
    ksp pyl

    एमालेमा नेतृत्व चयनका क्रममा चुनावको नाममा गुट खडा गराएर हिडने, अध्यक्षमा लडछु भन्ने अनि पदको लालसा छैन पनि भन्ने । वडा सदस्य भए पनि पद चाहिने जस्तो गरी रोईलो गर्दै हिडेको देख्छौ हामी त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *