काठमाडौं । नेकपा एमालेले पार्टीमा सक्रिय हुने बाटो छेकेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष पत्रकार सम्मेलन आयोजना गरेरहेकी छिन्। पार्टीले गरेको निर्णयबारे औपचारिक धारणा सार्वजनिक गर्ने उनको तयारी छ ।
कार्की ब्याक्वैटमा आयोजना गरिएको पत्रकार सम्मेलन सुरु हुनु भन्दा घन्टौं अगाडिदेखि भिड लागेको थियो । सञ्चारकर्मीहरु बाक्लो संख्यामा उपस्थित छन् । तीन बजेबाट पत्रकार सम्मेलन सुरु हुने भनिए पनि पौने चार बजेमात्र भण्डारी आइपुगेकी हुन् ।
आजको पत्रकार सम्मेलन स्थलमा टाँगिएको ब्यानर चर्चा गर्न लायक छ । ब्यानरमा विद्याका श्रीमान तथा नेकपा एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीको ठूलो तस्विर अंकित गरिएको छ ।
विद्या स्वयम्को तस्विर भने ब्यानरमा छैन । पार्टीमा स्थान नपाए पनि कार्यक्रमको ब्यानरमा सुर्य चिन्हको पृष्ठभूमि बनाएर नेकपा एमाले जिन्दावाद र जनताको बहुदलीय जनवाद जिन्दावाद लेखिएको छ ।
मञ्चमा एउटा मात्रै कुर्सी राखिएको छ, जसमा भण्डारी आसिन छिन् । एमालेका परिचित नेताहरु कोही पनि पत्रकार सम्मेलनमा देखिएका छैनन् ।

Leave a Reply